आन्दोलनमा कोरोना महामारीविरुद्ध लडिरहेका 'फ्रन्टलाइनर' [तस्वीरहरू]
कोरोना संक्रमितको उपचारमा खटिए बापतको भत्ता लगायत सुविधा नदिएको भन्दै वीर अस्पतालका आन्दोलित कर्मचारीहरुले नारा जुलुस सहित धर्ना दिएका छन्।
माग पूरा गर्न दबाब दिनका लागि उनीहरूले सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा ज्ञापन पत्र बुझाएका छन्। कडा आन्दोलन गर्दा बिरामीलाई मर्का पर्ने भएकाले सेवा अवरुद्ध नगरी आन्दोलन गरिरहेको नेपाल स्वास्थ्यकर्मी संघ वीर अस्पतालका अध्यक्ष खुबराज आचार्यले बताए।
आन्दोलन थालेको करिब एक महिना हुन लाग्दा पनि अस्पताल प्रशासनले वार्ताका लागि नबोलाएको उनीहरूको गुनासो छ। चैतदेखि हालसम्म कोभिड भत्ता, औषधि खरिद खर्च र सेवा विस्तार भत्ता तथा स्वास्थ्य सुरक्षाका सामग्री नदिएको भन्दै वीर अस्पतालका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन्।