काठमाडौं उपत्यकामा थपिए १२६१ जना संक्रमित
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टायता १२६१ जना संक्रमति थपिएका छन्। थपिएकामध्ये सबैभन्दा धेरै, काठमाडौंका ९७६ जना रहेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भक्तपुरमा ८१ र ललितपुरमा २०४ जना संक्रमित थपिएका छन्।
देशभर २५६९ संक्रमित थपिएका छन् भने १६६६ जना निको भएका छन्। हालसम्म संक्रमितको संख्या २ लाख २ हजार ३२९ पुगेको छ भने निको हुनेको संख्या एक लाख ६२ हजार २४३ छ। आजको पीसीआर १००८१ छ।
आज देशमा सक्रिय संक्रमितको संख्या ३८ हजार ९१२ रहेको छ। यसमध्ये १० हजार ५१९ संस्थागत आइसोलेसन र २८ हजार ३९३ जना होम आइसोलेसनमा रहेका छन्।
क्वारेन्टिनमा बस्नेको संख्या ११०९ रहेको मन्त्रालयले जनाएको छ।