चीनले अमेरिकालाई भन्यो- 'ताइवानसँगको सम्बन्धलाई थप अगाडि नबढाऊ'
अमेरिका र ताइवानबीच यही महीना आर्थिक विषयलाई लिएर हुन लागेको वार्तालाई लिएर चीनले यस सम्बन्धलाई थप अगाडि नबढाउन भनेको छ। ताइवानले उक्त वार्तालाई दुई देशबीचको सम्बन्धको कोशेढुंगा साबित हुने भनेर व्याख्या गरिरहेका बेला बुधबार चीनले अमेरिकालाई सम्बन्ध थप अगाडि नबढाउन भनेको हो।
प्रशासनिक हिसाबले चीनले ताइवानलाई आफ्नो क्षेत्र मान्दछ। त्यस कारण चीन ताइवानले अन्य कुनै पनि मुलुकसँग औपचारिक सम्बन्ध राखेको मन पराउँदैन। पछिल्लो समय हातहतियारको व्यापारको विषयलाई लिएर अमेरिकाका वरिष्ठ सुरक्षा अधिकारीहरूले ताइवानको भ्रमण गरेका थिए। जुन चीनले रुचाइरहेको छैन।
ताइवानले अर्थ राज्यमन्त्री चेन चेर्न-चीको नेतृत्वमा डीसीमा डेलिगेसन पठाउने तयारी थालेको छ। सोही सयमामा आगामगी २० नोभेम्वरमा अमेरिका – ताइवान आर्थिक समृद्धि साझेदारी वार्ताको उद्घान समेत हुने तालिका तय भइसकेको ताइवान सरकारले जनाएको छ।
बेइजिङमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले ताइवान र अमेरिकाबीच हुने कुनै पनि सम्बन्ध चीनलाई स्वीकार नहुने बताए। "अमेरिकाले ताइवानसँग कुनै पनि औपचारिक सम्बन्ध नराखोस् भन्ने चीनको चाहाना हो", उनले भनेका छन्।