टिच फर नेपाललाई ग्लोबल आइएमई ब्यांकको रू. ८ लाख सहयोग
ग्लोबल आइएमई ब्यांक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत टिच फर नेपालद्वारा संचालित टिच फर नेपाल फेलोसिप कार्यक्रमलाई ८ लाख रूपैयाँ सहयोग प्रदान गरेको छ।
ग्लोबल आइएमई ब्यांकका बजार तथा व्यवसाय प्रवर्द्धन विभाग प्रमुख शान्ता शिवाकोटी र टिच फर नेपालका प्रमुख कार्यकारी अधिकृत स्वस्तिका श्रेष्ठले आयोजित एक कार्यक्रमबीच उक्त सम्झौता पत्रमा हस्ताक्षर गरे।
कार्यक्रममा बोल्दै ग्लोबल आइएमई ब्यांकका बजार तथा व्यवसाय प्रवर्द्धन विभाग प्रमुख शिवाकोटीले यस्ता सामाजिक कार्यमा ग्लोबल आइएमई ब्यांक सदा अग्रसर रहेको जानकारी गराइन्।
टिच फर नेपालको प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले टिच फर नेपाल फेलोसिपलाई आर्थिक सहयोग प्रदान गरिएकोमा ग्लोबल आइएमई ब्यांक लिमिटेडलाई धन्यवाद भनिन्।
ब्यांकले स्थापनाकाल देखि नै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न सामाजिक कार्यहरूमा सहयोग गर्दै आएको छ।