कतारका राजकुमारको टोलीले गर्यो आमादब्लम आरोहण
कतारका राजकुमार मोहम्मद विन अब्दुल्लाह अल थानीले सोलुखुम्बुको आमादब्लम (६८१२ मिटर) हिमालको आरोहण गरेका छन्। ४ कात्तिकमा नेपाल आएका राजकुमारको टोली १० कात्तिकमा हिमाल आरोहणतर्फ गएको थियो।
६ जना नेपाली र ६ विदेशीसहित १२ जनाले आमादब्लमको २६ कात्तिक बिहान ११ बजेर २० मिनटेमा आरोण गरेको राजकुमारको आरोहण दलको संयोजन कम्पनी हिमालयन गाइड नेपाल ट्रेक्स एण्ड एक्सपीडिसनका प्रवन्ध निर्देशक इश्वरी पौडेलले बताए।
पौडेका अनुसार राजकुमारको टोली आरोहण सकेर बेसक्याम्पतर्फ झरिसकेको छ। उक्त टोली आजै आधारशिविरतर्फ झर्दैछ। शुक्रबार मात्रै आधारशिविर आइपुग्ने र त्यहाँबाट हेलिकप्टरमार्फत् काठमाडौं आउने पौडेलले जानकरी दिए।
विश्वको सुन्दर तर, आरोहणका लागि कठिन मानिने आमादब्लम हिमाल राजकुमारसहितको टोलीले सफलतापूर्वक आरोहण गरेका हुन्। आरोहण टोलीमा कतारका राजकुमार अब्दुल्लासहित अमेरिकन, क्यानेडियन र नेपाली गरी १४ जना रहेको पौडेलले बताए।