आँखा शिविर सञ्चालन गर्दा गाउँमा फैलियो कोरोना
स्याङ्गजाको चापकोट नगरपालिकामा आँखा शिविर सञ्चालन गर्दा त्यसबाट गाउँमा कोरोना भाइरसको संक्रमण फैलिएको छ। चापाकोट नगरपालिकाका प्रमुख शिव कुमार गिरिका अनुसार विन फाउण्डेसन काठमाडौले दशैंअघि नगरपालिकामा आँखा शिविरि सञ्चालन गरेको थियो।
“आँखा शिविरसंगै गाउँमा कोरोना पनि आयो”, नगरप्रमुख गिरिले भने, “अहिले नियन्त्रणमा आइसकेको छ।” आँखा शिविरलगत्तै शुरुमा १६ जनामा कोरोना संक्रमण देखिएको थियो भने त्यसपछि पुन: आठ जना गरी अहिलेसम्म २४ जनामा संक्रमण पुष्टि भइसकेको छ।
संक्रमितहरुलाई नगरपालिकाले निर्माण गरेको आइसोलसनमा राखेर उपचार गरिएको गिरिले बताए।