ग्राहकलाई भारी छूट दिने योजनाका साथ शुरू हुँदै ‘यूजी बजार’
बुधबारदेखि ई–कमर्श यूजी बजारको सुरुवात हुने भएको छ। ‘यूजी बजार लन्च क्याम्पेइन’ मार्फत सार्वजनिक हुन लागेको यूजी बजारले आफ्ना ग्राहकलाई विशेष छुट दिने जनाएको छ। ११ नोभेम्बरदेखि ३० नोभेम्बरसम्म बिशेष छूट सहित यो बजार चल्नेछ।
यूजी बजारका सह–संस्थापक किरण तिम्सिनाका अनुसार ग्राहकको सहजताको लागि खोलिएको यूजि बजार अधिक छुट दिएर व्यवसायलाई शुरु गर्न लागिएको हो। “हामीले नाफाको लागि भन्दा पनि ग्राहकको सहजताको लागि यूजी बजार शुरु गरेका छौं। त्यहि भएर ग्राहकलाई विशेष छुट दिँदै शुरु गर्न लागेका हौं,” उनले भने।
यूजीले छूट दिने र भुक्तानी साझेदार एनआईसी एशियाले पनि थप छूट वा क्यासब्याक दिनेछ। साथै उनीहरूसँग हरेक अभियानमा फ्ल्याश सेल्सको प्रावधान छ जहाँ पाँच चीजहरूमा २४ घन्टा विशेष छूट दिनेछ।
यूजी बजारको सह–संस्थापक निकिता आचार्यका अनुसार विद्युतीय वस्तुको बिक्रीमा केन्द्रित छ। मोबाइल फोन, वाशिंग मेशिन, फ्रिज, भ्याकुम क्लीनर लगायतमा विशेष छूट रहेको छ।
अर्बन गर्ल र यूजी केकले यस ई–कमर्सलाई विभिन्न सात उपमोड्युलहरूसहित छाता प्लेटफर्मको रूपमा यूजी बजार विकसित गरेको छ। ती मोड्युलहरु क्रमश सार्वजनिक गरिने यूजी बजारले जनाएको छ।