नेपाली सेनालाई अमेरिकाद्वारा उद्दार सामग्री सहयोग
अमेरिकाले बाढी तथा डुवान जस्ता विपदमा उद्दारका लागि उपयोग हुने राहत सामग्री नेपाली सेनालाई उपलब्ध गराएको छ। आज गौचरस्थित ब्यारेकमा एउटा कार्यक्रमबीच उक्त सामग्री हस्तान्तरण भएको हो।
सहयोगस्वरुपमा अमेरिकाले ६ वटा र्याफ्ट बोट र ४ वटा मिस्ट्रल र्याफ्ट नेपाली सेनालाई हस्तान्तरण गरेको हो।
अमेरिकी सेनाका लेफ्टिनेन्ट कर्णेल जोन माट सोभा र रक्षा सहयोग कार्यालयका मेजर मिचेल पी. ह्वाईटले नेपाली सेनाका महासेनानी राजेन्द्रमणि गिरिलाई हस्तान्तरण गरेको नेपाली सेनाले जनाएको छ।