ताप्लेजुङको नारायणी माविबाट पर्यटन शिक्षाको शुरूआत, देशैभरका विद्यालयमा आरोहण शिक्षा समावेश गरिँदै
ताप्लेजुङको नारायणी माध्यामिक विद्यालयबाट पर्यटन शिक्षाको शुरूआत भएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले हिमाल आरोहणमा बढी चासो राख्ने देशैभरका सबै विद्यालयमा पर्वतारोहण तथा पर्यटन शिक्षा शुरू गर्दै जाने बताएका छन्।
यसै क्रममा ताप्लेजुङको मैवाखोला गाउँपालिकाको नारायणी माध्यमिक विद्यालयबाट औपचारिक रूपमा पर्यटन तथा पर्वतारोहण विषय अध्यापनको २५ कात्तिक गते शुरूआत भएको हो। मन्त्री भट्टराईले हिमाल आरोहणमा चासो राख्ने देशैभरका सबै विद्यालयमा पर्यटन पढाई शुरू गर्ने पनि बताएका छन्।
नेपालमा विश्वको १४ बटा हिमालमध्ये आठ हजार माथिका ८ वटा हिमाल नेपालमा रहेको छन्। यी सबै अन्यको पनि प्रवर्द्धन गर्न पनि हिमाल आरोहणको शिक्षा सबैलाई दिनुपर्ने मन्त्री भट्टराईले बताए। हिमाल चढ्न विदेशबाट आउने र स्वदेशी पनि हिमाल चढ्ने हुँदा पर्यटन शिक्षाको आवश्यकता बढेको र यसका लागि दक्ष जनशक्ति उत्पादनको गर्न पनि विद्यालय तहबाटै पर्यटन शिक्षा आवश्यक भएको मन्त्री भट्टराईले बताएका छन्।
नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान कार्यकारी निर्देशक रोमनाथ ज्ञवाली र नारायणी माविका प्रधानाअध्यापक गणेशबहादुर प्रसाईबीच शनिबार मात्रै पर्यटन शिक्षा सञ्चालन गर्ने विषयमा सम्झौत्ता भएको थियो। सम्झौत्ता पत्रमा प्रतिष्ठानको तर्फबाट कक्षा ११ र १२ को पर्यटन र पर्वतारोहणसँग सम्बन्धित विषय अध्ययन,अध्यापन गराउन अनुभवी प्रशिक्षकहरू प्रतिष्ठानले उपलब्ध गराउने उल्लेख छ।
पर्यटन तथा पर्वतारोहण विषयका पाठयक्रम र अध्ययन सामग्री उपलब्ध गराउने आवश्यकता अनुसार अन्य प्राविधिक तथा ऐकेडेमिक सहयोग पनि प्रतिष्ठानले नै उपलब्ध गराउने गरी सहमति भएको पर्यटन मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ।