सरकार कोरोना नियन्त्रणमा असफल भएको भन्दै राप्रपा संघर्षमा जाने
राष्ट्रिय प्रजातन्त्र पार्टीका त्रय अध्यक्ष कमल थापा, पशुपतिशमशेर राणा र डाक्टर प्रकाशचन्द्र लोहनीबीच बसेको बैठकले सरकारविरुद्ध संघर्षमा जाने निर्णय गरेका छन्।
पार्टी अध्यक्ष कमल थापाको बुढानिलकण्ठस्थित निवासमा बसेको बैठकले देशको राजनीतिक अवस्था र पार्टी संगठनको समिक्षा गर्दै भावि कार्यक्रमबारे छलफल गरेको छ।
स्थानीय तहमा पार्टी समायोजनलाई तीव्रता दिने तथा कोरोना नियन्त्रणमा सरकारको असफलता, भ्रष्टाचारलगायत विषयलाई लिएर जनसंघर्ष गर्नेबारे समेत छलफल भएको पार्टी सचिवालय सदस्य राजाराम बर्तौलाले जानकारी दिए।