माटोमा पुरिएर आमाको मृत्यु, छोरी घाइते
बिहीबार अपरान्ह माटो खन्ने क्रममा ढिस्कोले पुरिएर १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।
ओखलढुङ्गाको लिखु गाउ“पालिका ३ नर्वदेश्वर सतलुङमा घर लिप्ने माटो खन्न गएका लिखु ४ की ५५ बर्षीया सेतीमाया मगरको पुरिएर मृत्यु भएको हो ।
मगरकी छोरी १८ वर्षीया विष्णु मगर र आफन्त ३२ वर्षीया गोमा मगर माटोको ढिस्को झरेर पुरिएका थिए । सेतीमायाको पुरिएकै अवस्थामा मृत्यु भएको हो ।
उनकी छोरी विष्णुलाई गम्भीर अवस्थामा उद्धार गरिएको प्रहरीले जनाएको छ । घाइते विष्णुलाई उपचारका लागि काठमाडौं लगिएको छ । गोमाको भने स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।