तिहारलाई झिलीमिली पार्न पाला बनाउने चटारो [तस्वीरहरू]
हिन्दूहरूको दोस्रो ठूलो पर्व तिहार नजिकिँदै गर्दा राजधानीका विभिन्न स्थानमा माटोका भाँडा बनाउने चटारो बढेको छ। विशेष गरी माटोका भाँडा बनाउने प्रजापति समुदायलाई यतिबेला भ्याइनभ्याई हुन्छ।
भक्तपुरका पोटरी स्क्वायरलगातका स्थानमा तिहारको लागि आवश्यक पर्ने माटाका भाँडा बनाउने काम तीब्र रूपमा भइरहेको देख्न सकिन्छ। तिहारको समयमा माटोको पालाको माग अत्याधिक हुने गरेको व्यवसायीहरू बताउँछन् ।
दिपावलीको अवसरमा दियो बाल्ने प्रचलन छ। केहीले दिपावलीमा मैन र इलेक्ट्रिक बत्तिको प्रयोग गर्ने गरेको भए पनि पछिल्लो समय माटोको पालामा दियो बाल्ने क्रम बढेको छ।
तिहारका लागि धुपौरो, भिउँटे, ठेकी र पालालगायत माटोका सामग्रीहरूको माग उच्च हुने गरेको छ।
तस्वीरहरू: