अमृत बोहराको आग्रह– ‘अविलम्ब बैठक राखी नेकपाभित्रको विवाद समाधान गरौँ’
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपामा आमन्त्रीत स्थाीय समिति सदस्य तथा पार्टी केन्द्रीय अनुशासन आयोगका अध्यक्ष अमृत बोहराले अविलक्म्ब बैठक राखेर पार्टीभित्रको विवाद समाधान गर्नुपर्ने धारणा राखेका छन्।
नेकपाभित्रको विवाद उत्कर्षमा पुगिरहेका बेला नेता बोहराले सोमबार विज्ञप्ति जारी गर्दै विगतका फुट र विभाजनबाट पाठ सिक्दै बैठकबाट समस्या समाधानको प्रयास गर्नुपर्ने धारणा सार्वजनिक गरेका हुन्।
उनले पार्टीमा हिजोआज दिनहुँजसो निराशाजनक तवरले “गालिगलौज”, “निन्दा भत्र्सना”, “आरोप–प्रत्यारोप” र “पार्टी विभाजन” जस्ता सुन्नै नसकिने अत्यन्त अप्रिय कुराहरु सार्वजनिक भइरहेको यसलाई गम्भीर चिन्ताको विषय भएको बताएका छन्।
अन्तरपार्टी विवाद सञ्चालनका निक्कै राम्रा माक्र्सवादी परम्परा रहेका र विगतमा ठूलठूला विवादहरु पनि अन्तरपार्टी संघर्षका माध्यमबाट समाधान भएका धेरै उदाहरणहरु भएको भन्दै उनले पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका छन्।
“विधि र पद्धति पार्टीका प्राण हुन्। पद्धति र प्रणाली रहेनन् भने पार्टी जीवन रहँदैन। यी कुराहरु हामीले बुझेकै छौं। तर हामी किन पार्टी विधान अनुसार विधि पद्धतिको पालना गर्दैनौ? बैठकको औचित्य र निर्णय पालनाको मर्मलाई किन बुझ्दैनौं? जनता र राष्ट्रको हितभन्दा के हाम्रा अरु कुनै स्वार्थ छन्?”, नेता बोहोराले प्रश्न गरेका छन्, “हामीहरु किन नितान्त आत्मकेन्द्रित भएर सोच्दछौं ?”
उनले पार्टीका निर्णयहरु दराजमा सजाउनको लागि नभएर आवश्यकताले कार्यान्वयनको लागि गरिने भन्दै पार्टी एकताका समयदेखि स्थायी कमिटी र केन्द्रीय कमिटीका धेरै निर्णयहरु आजसम्म पनि कार्यान्वयन नभउको उनको भनाइ छ। पार्टीका सम्पूर्ण निकाय अनुशासन आयोग, लेखा र निर्वाचन आयोग, सल्लाहकार परिषद र जेष्ठ कम्युनिष्ट मञ्च, केन्द्रीय विभागलगायत एकताका बाँकी कामहरु आजसम्म थाँतिरहनु दुःखद पक्ष भएको उनको ठहर छ।
एनले संकृर्णता, आग्रह–पूर्वाग्रह, गुटबन्दी र रिस रागले पार्टी चल्न नसक्ने भन्दै उत्तेजना, आबेग र गालीगलौजले समस्याको हल नहुने बताएका छन्। यसले त विवादलाई सरल नभएर झन् जटिल बनाउने उनको तर्क छ। “पार्टीमा समस्या छन्, तिनलाई हामीले स्वीकार गर्नुपर्दछ। पार्टी विधान बमोजिम त्यसको समाधानमा पहल गुर्नपर्दछ”, उनले भनेका छन्।
नेता बोहराले पार्टी एकता आजको आवश्यकता रहेको भन्दै फुट र विभाजन प्रतिगामी कुरा भएको बताएका छन्।