अनलाइन कक्षाबाहेकको शुल्क मागेपछि काठमाडौं विश्वविद्यालयका विद्यार्थी अनशनमा
काठमाडौं विश्वविद्यालय (केयू) ले अनलाइन कक्षाको बाहेक अन्य शीर्षकमा पनि शुल्क तिर्न सूचना जारी गरेपछि विद्यार्थीले आइतबारदेखि रिले अनशन थालेका छन्।
अनलाइनबाट पठनपाठन गरेर साविक कक्षा सञ्चालनको जस्तै गरी अतिरिक्त शुल्क उठाउन खोजेको विद्यार्थीको आरोप छ। केयूका स्कुल अफ इञ्जिनियरिङ, स्कुल अफ साइन्स, स्कुल अफ ल र स्कुल अफ म्यानेजमेन्टका विद्यार्थीले काभ्रेस्थित विश्वविद्यालयको प्रशासन भवन परिसरमा रिले अनशन थालेका हुन्।
आन्दोलित विद्यार्थी शैलेश मिश्रले आफूहरुसँग भएको सहमतिको पनि पालना नभएकाले अनशन गर्न बाध्य भएको बताए। विश्वविद्यालयका स्कल अफ इञ्जिनियरिङका डीन डा. डम्बरबहादुर नेपालीले भने विद्यार्थीले उठाएका माग विश्वविद्यलाय प्रशासन बोर्डमा पु¥याइसकिएकाले चाँडै निर्णय हुने बताए।