भुवनहरि सिग्देलको आख्यान ‘लालस’ बजारमा
साहित्यकार भुवनहरि सिग्देलकोे नयाँ आख्यान कृति ‘लालस’ प्रकाशित भएको छ।
‘लालस’ सिग्देलको ३५औँ कृति हो। उनको आख्यानतर्फ भने नवौँ कृति हो। यसअघि उनका आमोई, सारङ्गी, रमिलानानी, जदौ मालिक, उर्मिला, रामदाइ र धनञ्जय लगायत कृति प्रकाशित छन्।
शास्त्रीय छन्दमा स्वच्छन्द कविता लेख्नु भुवनहरि सिग्देलको मौलिक क्षमता हो। उनी ऐतिहासिक सन्दर्भ र तथ्यका आधारमा जीवनीमूलक साहित्यको सिर्जना गर्न रmचाउँछन्। सिग्देलमा यथार्थपरक विषयको छनौट, केन्द्रीयस्तरमा स्वच्छन्दतावादी भावधारा र मावतावादी वैचारिकताको अभिव्यञ्जना गर्ने प्रकृति पाइन्छ।
उनको नयाँ कृति लालस शिखा बुक्सले प्रकाशन गरेको छ। २८८ पेजको यो कृतिको मूल्य रु.४२५ छ।