एनसेलले कोरोनासम्बन्धी जनसचेतना अभिवृद्धि गर्न स्वास्थ्य मन्त्रालय र यूनिसेफसँग सहकार्य गर्दै
एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत हाल कोरोनाभाइरसको संक्रमण बढिरहेका बेलामा यसबाट बच्नका लागि आम जनमानसमा जनसचेतना फैलाउने कार्यमा केन्द्रितहुँदै विभिन्नअभियान सञ्चालन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र यूनिसेफ नेपालसँग सहकार्य गरेको छ।
कोरोना भाइरससम्बन्धी जनसचेतना अभिवृद्धिको यस अभियानमा नेपाल सरकारद्वारा प्रमाणित तथा सिफारिस गरिएको कोरोना भाइरसबाट बच्न र बचाउन अपनाउनुपर्ने तीन मुख्य उपायहरू व्यक्ति व्यक्तिबीच कम्तीमा दुई मिटर दूरी कायम गर्ने, घरबाट बाहिर निस्किँदाअनिवार्य मास्क प्रयोग गर्ने र बेलाबेलामा साबुन पानीले मिचिमिची कम्तीमा २० सेकेण्डसम्म हात धुने सन्देशलाई व्यापकरुपमा फैलाइएको छ।
यस अभियानअन्तर्गत एनसेलले मास्कको सही प्रयोग, मास्क कसरी लगाउने, कस्तो किसिमको मास्क प्रयोग गर्ने भन्ने लगायतका विभिन्न जान्नै पर्ने जानकारीहरु समावेश गरी कोरोना भाइरसको संक्रमणबाट बच्न र बचाउन जनचेतना जगाउने कार्य गरिरहेको छ।
सहकार्यबारे धारणा राख्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले भने, “यस विषम् परिस्थितिमा,स्वास्थ्यतथा जनसंख्या मन्त्रालय र यूनिसेफसँग सहकार्य गर्दै हाल तीव्र गतिमा फैलिरहेको कोरोना संक्रमण रोक्न, पत्ता लगाउन र यसको प्रतिकार्यमा लाग्नका लागि जनचेतना फैलाउन हामी प्रतिबद्ध छौं। निजीक्षेत्रको एक जिम्मेवार व्यवसायिक नागरिकका रुपमा एनसेलले जनमानसमाझ कोरोनाका बारेमा जनचेतना जगाउन र यस महामारी र यसको प्रतिकार्य तयारीकानिमित्त सचेत गराउँदै आफ्नो तर्फबाट अभिन्न भुमिका निर्वाह गर्दै आएको छ।"
स्वास्थ्यतथा जनसंख्यामन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोभिड विरुद्धको यस सहकार्यका बारेमा धारणा राख्दै भने, “पुरै विश्व नै यस स्वास्थ्य संकटको विशम परिस्थितीबाट गुज्रिरहेको अवस्थामा, जनस्वास्थ्य सम्बन्धी जन सचेतनामुलक कार्यहरुले प्रमुख भुमिका राख्दछ। कोरोना महामारीको संक्रमण फैलिरहेको बेलामा यसको नियन्त्रण तथा रोकथामको लागि एनसेलले जनस्वास्थ्य सम्बन्धी जनचेतना फैलाउन पुर्याएको सहयोगको हामी सरह्ना गर्दछौं।"
एनसेलले जनस्वास्थ्य सम्बन्धी जनसचेतना अभिवृद्धिमा सहयोग गर्ने प्रतिबद्धताका साथ स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ। साथै एनसेलले जन सचेतना जगाउने कार्यका लागि यूनिसेफ नेपालसँग पनि समझदारी पत्रमा हस्ताक्षर गरेको छ।