बाइडेन अमेरिकाका ४६ औं राष्ट्रपति
जोसेफ आर बाइडेन अमेरिकाको ४६औं राष्ट्रपतिमा निर्वाचित भएका छन् ।
सञ्चारमाध्यमहरुका अनुसार, नेभाडा राज्यमा विजयी भएसँगै डेमोक्र्याटिक पार्टीका बाइडेनले रिपब्लिकन पार्टीका उम्मेदवार राष्ट्रपति डोनल्ड ट्रम्पको चारवर्षे पदावधि अन्त्य गर्न सफल भएका हुन् ।
राष्ट्रपति निर्वाचित हुन आवश्यक २७० इलेक्ट्रोरल मतमा बाइडेनले २७० हासिल गरेका छन् भने ट्रम्प २१४ मतमा सीमित भएका छन् । ट्रम्पले भने निर्वाचन परिणाम अवैध भएको बताएका छन् ।
७८ वर्षीय बाइडेनको जितसँगै कमला ह्यारिस अमेरिकी इतिहासमा पहिलोपटक महिला उपराष्ट्रपति बनेकी छन् ।
बाइडेन पूर्व राष्ट्रपति बराक ओबामाको सन् २००९ देखि २०१६ सम्मको कार्यकालमा उपराष्ट्रपति थिए ।