न्यायपरिषद् सदस्यका लागि वरिष्ठ अधिवक्ता श्रेष्ठको नाम सिफारिश
नेपाल बार एशोसिएसनले न्यायपरिषद् सदस्य नियुक्तिका लागि वरिष्ठ अधिवक्ता रामप्रसाद श्रेष्ठको नाम सर्वसम्मत रुपमा सिफारिश गरेको छ। आज बसेको कार्यसमिति बैठकले बारको सिफारिशमा राष्ट्रपतिबाट नियुक्त हुने परिषद्को सदस्यका लागि श्रेष्ठको नाम सिफारिश गरेको हो।
सुनसरी जिल्ला, धरान नगरपालिका धर्मपथ घर भई हाल काठमाडौँ बस्ने वरिष्ठ अधिवक्ता श्रेष्ठलाई सिफारिश गर्ने निर्णय गरेको महासचिव लीलामणि पौडेलले जानकारी दिए।
वरिष्ठ अधिवक्ता श्रेष्ठको कानून व्यवसायी प्रमाणपत्र नम्बर ९२ छ। बारका तर्फबाट न्यायपरिषद् सदस्यमा नियुक्त गरिने सदस्यका लागि श्रेष्ठको नाम सिफारिश भएको हो। बारको सिफारिशमा राष्ट्रपतिले नियुक्त गर्ने कानूनी व्यवस्था छ।