सात दिन, १४ सामग्री
११ चैतदेखि शुरु कोभिड १९ विरुद्धको बन्दाबन्दी लगत्तै साप्ताहिक 'हिमाल खबरपत्रिका'ले आफ्नो छापा संस्करण स्थगन गरी अनलाइन पोर्टल मार्फत अझ बढी सक्रिय, सचेत, सत्य र विश्वसनीय पत्रकारिता अभ्यासको प्रयत्न गरिरहेको छ।
'सम्पादकको सिफारिश, सात दिन १४ सामग्री' त्यसैमध्येको एक साप्ताहिक स्तम्भ हो, जसमा हामी बितेको साताका उल्लेख्य घटना, सर्वाधिक पढिएका र पढिनुपर्ने समाचार, विचार, विश्लेषणलाई समयक्रम अनुसार प्रस्तुत गरिरहेका छौं।
हिजोका यी सामग्रीहरुप्रतिको तपाईंको आजको मूल्यांकनले भोलिको आकलन गर्न सहज हुने हाम्रो विश्वास छ।
१. कहाँ छन् समालोचक ? कहाँ छ समालोचना ?
चिन्ता सर्वव्यापक छ– नाटक लेखनमा सन्नाटा छाएको छ। कविता पाठकले पढ्नै छाडे। कथा सङ्कटमा छ। निबन्ध घिडघिडो अवस्थामा छ। आत्मकथाका नाममा ‘झुटका पुलिन्दा’ प्रकाशित भइरहेका छन्। उपन्यासको बाढी छ, कुन पढ्ने र कुन छाड्ने खुट्याउन मुश्किल परेको छ ! लाग्छ– विश्वविद्यालय बौद्धिक जमात होइन, विभिन्न पार्टीहरूप्रति बफादार कार्यकर्ता उत्पादन गर्दैछ ! प्राध्यापकलाई जागिर पकाउनु छ, विद्यार्थीलाई नम्बर फकाउनु छ। नतिजा, नेपाली साहित्यको मौलिक चिन्तनको स्तर निरन्तर ओरालो लाग्दो छ। राजेन्द्र पराजुलीको टिप्पणी।
२. विश्वविद्यालयको मुहार फेर्दै डम्बर सर
त्रिभुवन विश्वविद्यालयको मानवशास्त्र केन्द्रीय विभागका प्रमुख डम्बर चेम्जोङले थालेको संस्थागत र शैक्षिक सुधारको कामले विश्वविद्यालयकै मुहार बदलिंदैछ। नुनुता राईले तयार पारेको व्यक्तिवृत्त।
३. एमाले–माओवादी मिलाउने यस्तो थियो ओली–दाहाल स्वार्थ, त्यसमै दरार
तत्कालीन एमाले र माओवादीबीचको एकताले पार्टी पंक्तिदेखि स्थिरताको आकांक्षा राख्ने आम नेपालीलाई उत्साहित पारे पनि त्यसको मुख्य आधार दुई पार्टीका अध्यक्षहरुको स्वार्थको जोडघटाउ थियो। अहिले नेकपामा देखापरेको संकट नियाल्दा त्यही देखिन्छ। मुकेश पोखरेलको रिपोर्ट।
४. ‘फेक रेस्क्यू’मा मुछिएको विदेशी कम्पनीलाई पर्वतीय पर्यटनको जिम्मा दिने प्रयास
नेपाल घुम्न आउने विदेशी पर्यटकको स्वास्थ्य बीमा र उद्धारसहितको जिम्मा एक विदेशी कम्पनीलाई दिन खोज्दा पर्यटन बोर्ड विवादमा तानिएको छ। विवादको कारण हो, हिजो पर्यटकको 'फेक रेस्क्यू'मा मुछिएको विवादित कम्पनीलाई विना प्रतिस्पर्धा यस्तो जिम्मेवारी दिन खोजिनु। राजु बास्कोटाको रिपोर्ट।
५. प्रधानमन्त्रीले नरवणेलाई भने- ‘दुई देशबीचका समस्या संवादमार्फत् समाधान हुनुपर्छ’
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारतबीचमा रहेका समस्या संवादमार्फत् समाधान गर्नुपर्ने बताएका छन्। प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणेसँगको कुराकानीमा ओलीले आपसी सम्वादमार्फत् समस्याको हल खोज्नुपर्ने बताएका हुन्। एउटा सामग्री।
६. कोरोना परीक्षण र उपचारमा सरकारको नयाँ नीतिले यसरी निम्त्याउँदैछ ‘प्रकोप’
कोरोनाभाइरसको परीक्षण दर बढाउन नसकेको सरकारले परीक्षण र उपचारमा शुल्क लिने नीति अपनाएका कारण संक्रमणको जोखिम थप बढेको छ। रामु सापकोटाको रिपोर्ट।
७. ‘विद्यालय सञ्चालन कार्यढाँचा’ ल्याइँदै, यो वर्षको शैक्षिक सत्र ‘ओभरल्याप’ हुने
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड–१९ का कारण बन्द भएका विद्यालय सञ्चालन गर्नका लागि ‘विद्यालय सञ्चालन कार्यढाँचा’ ल्याउन लागेको छ। सँगै यो वर्षको शैक्षिक सत्र चैत्रमा सकिने सम्भावना कम हुँदै गएपछि अर्को वर्ष ‘ओभरल्याप’ गर्ने तयारी पनि भइरहेको छ। एउटा सामग्री।
८. राष्ट्रसंघबाट रू. ३ करोडको पुरस्कार जित्ने योगेन्द्रको दाबीः ५ वर्षमै नेपाललाई खाद्यान्नमा आत्मनिर्भर बनाउन सकिन्छ
विपन्न परिवारका छोराछोरीलाई कम शुल्कमा अंग्रेजी माध्यमको गुणस्तरीय शिक्षा दिएबापत संयुक्त राष्ट्रसंघबाट रू. ३ करोड १० लाखको पुरस्कार पाएका योगेन्द्र मण्डलले नेपाललाई ५ वर्षभित्रै खाद्यान्नमा आत्मनिर्भर बनाउन सकिने योजना अघि सारेका छन्। कमल रिमालको रिपोर्ट।
९. अब म पीसीआर टेस्ट गर्दिनँ
लक्षण देखिएपछि कतै कोरोना संक्रमण भयो कि भनेर पीसीआर जाँच गर्न जाँदा यति धेरै सास्ती व्यहोर्नुपर्छ कि अर्कोपल्ट परीक्षणका लागि जाने आँट नै आउँदैन। संघर्ष पन्तको कोरोना अनुभव समेटिएको ब्लग।
१०. तथ्यांक ठीकठाक, अर्थतन्त्रमा भ्वाङैभ्वाङ !
सामान्य कालको अर्थतन्त्रको मापन गर्ने सूचकहरुले कोरोना संक्रमण महामारीपछिको जटिल संकटको वास्तविक अनुहार देखाउन सकेका छैनन्, जसका कारण अर्थव्यवस्थाको खराब अवस्था पनि छोपिइरहेको छ। रमेश कुमारको रिपोर्ट।
११. कोरोनाको बहानामा संसद बन्द, सांसदहरूको गुनासो- ‘जनताका कुरा कहाँ राख्ने ?’
१३ महीनादेखि नियमित काम गर्न नपाएको संघीय संसद पछिल्लो चार महीनादेखि कोरोनाको बहानामा बन्द छ। यस्तो महामारीमा झन् जाग्नुपर्ने जनप्रतिनिधि (सांसद) हरूले पनि बलियो गरी संसद बैठकको माग गरेका छैनन्। लक्ष्मी बस्नेतको रिपोर्ट।
१२. मध्य पहाडको नयाँ संरक्षित क्षेत्र बन्न सक्छ कर्णाली-महाकाली करिडोर
समथर भेगमा पाइने बाघसहितका वन्यजन्तुहरू देखिन थालेसँगै कर्णालीदेखि पश्चिम महाकाली नदीबीचको महाभारत क्षेत्र वन्यजन्तु तथा जैविक विविधता संरक्षणमा नयाँ संरक्षित क्षेत्र बन्ने सम्भावना देखिएको छ। मुकेश पोखरेलको रिपोर्ट।
१३. ‘पार्टी केन्द्रले नै प्रदेश-२ लाई प्रयोगशाला बनायो’
हामीले नभने पनि पार्टीमा गुट कायम छ। मैले प्रदेश–२ का सहइन्चार्ज नागेन्द्र चौधरीसँग बसेर छलफल गरौं र समस्याको समाधान गरौं भनेर पटक–पटक भनें। उहाँ बोलाउँदा आउनु हुन्न। प्रदेश कमिटीले गरेका कामप्रति पार्टी कमिटीको बैठकमा कसैले असन्तुष्टि जनाउँदैन। जब प्रदेश कमिटीले गरेका निर्णय बाहिर जान्छन्, अनि असन्तुष्टि व्यक्त गर्ने गरिएको छ। नेकपा विवादबारे स्थायी कमिटी सदस्य एवं प्रदेश-२ इन्चार्ज सत्यनारायण मण्डलको विचार।
१४. प्रहरीले किन लिँदैन जाहेरी ?
हत्या, अपहरण, बलात्कारजस्ता जघन्य अपराधमा न्याय खोज्ने क्रममा पीडितले पाउने दुःख जाहेरी लिन नमान्ने प्रहरी कार्यालयबाटै शुरू हुन्छ। तुफान न्यौपानेको रिपोर्ट।