कैलालीमा होम आइसोलेसनमा बसेका दुई जना कोरोना संक्रमितको मृत्यु
कैलालीमा होम आइसोलेसनमा बसेका दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। कैलालीको टीकापुर नगरपालिकाका एक पुरुष र बर्दगोरियाकी एक महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सुचना अधिकारी शिवराज जोशीले जानकारी दिए।
उनिहरू दुबै जना होम आइसोलेसनमा बसेका बेला मृत्यु भएको जनाइएको छ। कोरोना संक्रमणबाट मृत्यु हुन थालेपछि स्थानीयले कोरोना संक्रमण रोकथामका लागि सरकारी निकायले प्रभावकारी भूमिका निर्वाह गर्न माग गरेका छन्।