पुन: बन्दाबन्दीमा फर्किँदै यूरोप
यूरोपका देशहरूमा कोरोना महामरी रोकथाम तथा नियन्त्रणका लागि दोस्रो चरणको तयारी तीब्ररूपमा शुरू भएको छ। वसन्त ऋतु शुरू भएसँगै यूरोपका मुलुकहरूमा कोरोना महामारी फैलिने क्रम बढेसँगै केही मुलकले बन्दाबन्दी नै शुरू गरेका छन् कतिपय मुलुकले स्थानीय तहमा निषेधाज्ञा, कर्फ्यू र स्थान विशेषमा कर्फ्यू लगाएका छन्।
स्पेन र फ्रान्समा गएको मध्य जुलाई महीनादेखि संक्रमण तीव्र रूपमा फैलियो। त्यसपछि त्यहाँ स्थानीय बन्दाबन्दी लगाउन शुरू गरियो। त्यति गर्दा पनि संक्रमण नरोकिएपछि फ्रान्सले शुक्रबारदेखि देशव्यापि बन्दाबन्दीको घोषणा गरेको छ भने स्पेनले मुख्य शहरहरूमा बन्दाबन्दी लगाइएको छ। जर्मनीले पनि २ नोभेम्बरदेखि यही बाटो रोजेको छ।
अन्य धेरै यूरोपेली देशहरूले यो हप्तादेखि यही बाटो पछ्याउन शुरू गरेका छन्। तीमध्ये पोल्याण्डले स्पष्ट रूपमा बन्दाबन्दी नभने पनि सांस्कृतिक र अन्य कार्यक्रमहरू रद्द गर्ने, रेस्टुरा र स्कूल बन्द गर्ने, सबै खालका भेलाहरूमाथि प्रतिबन्ध लगाउँदै पाँच जना भन्दा बढीको समूहमा भेला नहुन र यात्रा नगर्नसमेत आम सर्वसाधारणालाई होटेल आग्रह गरेको छ।
अरू धेरै देशहरूले कोरोना भाइरसको फैलावट रोक्नका लागि कर्फ्यू लगाएका छन् बिना कुनै कारण बाहिर निस्कन प्रतिबन्ध लगाएका छन्। स्पेनले स्थानीय निषेधाज्ञालाई बढाएर प्रतिबन्ध लगाउने तयारी थालेको छ।
इटालीले पनि समय तोकेर होटेल तथा रेस्टुराहरू सञ्चालनको नीति अख्तियार गरेको छ। यद्यपि त्यहाँ यसको समेत विरोध शुरू भएको छ। स्लोभेनिया, स्लोभाकिया, साइप्रस र हंगेरीमा देशव्यापि कर्फ्यू लगाइएको छ। जहाँ सबै रेष्टुरेन्ट र बारहरू बन्द गरिएका छन्।
बन्दाबन्दी लगाउने विषयमा विभिन्न मुलुकहरूबीच मतयक्यता छैन। जर्मनीले आम नागरिकलाई घरमा नै बस्न अनुरोध गरेको छ भने स्पेन र फ्रान्समा अझ कडा ढंगले प्रतिबन्ध लगाइएको छ। धेरै मुलुकले डिसेम्बरको शुरूआतदेखि यस्ता उपायहरू कार्यन्वयन गरेर कोरोना रोकथाम तथा नियन्त्रणमा लाग्ने योजना बनाइरहेका छन्।
You will find more infographics at Statista
चार्ट स्रोत: स्टाटिस्टा