कोरोना संक्रमित सुदूरपश्चिमका कानून मन्त्री शाहलाई थप उपचारका लागि काठमाडौं ल्याइँदै
कोरोना संक्रमित सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाशबहादुर शाहलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याइँदैछ।
उनलाई १५ कात्तिकमा कोरोना पुष्टि भएको थियो। शाहलाई अहिले केहीबेरमा हेलिकप्टरमार्फत् ल्याएर शिक्षण अस्पतालमा उपचार गर्ने तयारी भएको मन्त्री शाहका स्वकीय सचिव जंगबहादुर विश्वकर्माले बताए।
उनलाई ज्वरोसँगै नाकबाट रगत बगिरहने समस्या देखिएको विश्वकर्माले बताए। कोरोना पुष्टि भएपछि होम आइसोलेसनमै बसिरहेका शाहलाई स्वास्थ्य समस्या देखिएपछि बिहीबार सेती प्रादेशिक अस्पताल (कोभिड अस्पताल) मा उपचारका लागि लगिएको थियो।
तर, रगत बग्ने क्रम नरोकिएकाले काठमाडौं ल्याउन लागिएको मन्त्री शाहको सचिवालयले जनाएको छ।