कर्मचारीमा कोरोना देखिएपछि कावासोती नगरपालिका कार्यालय एक साताका लागि बन्द
नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को कावासोती नगरपालिकाका कर्मचारीमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएपछि नगरपालिका बन्द गरिएको छ।
नगरपालिकामा कार्यरत चार कर्मचारीमा बिहीबार संक्रमण देखिएपछि नगरपालिकाबाट प्रवाह गरिने सेवा एक साताका लागि बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत यज्ञ पुरीले जानकारी दिए।
उनका अनुसार, आगामी २६ कात्तिकसम्म नगरपालिका बन्द रहने भए पनि अत्यावश्यकीय सेवा प्रवाह भने रोकिने छैन।
नगरपालिकाका सबै वडा कार्यालयहरु भने खुला रहने जनाइएको छ।