डोजरले पोल ढालेपछि हुम्लाको सिमकोट-७ मा चार दिनदेखि छैन बिजुली
हुम्लाको सिमकोट गाउँपालिका–७ मा चार दिनदेखि विद्युत् अवरुद्ध भएको छ।
हिल्सा–सिमकोट सडकखण्डको सडक चौडा गर्ने क्रममा डोजरले वडा नम्बर ७ को चौकेधारामा बिजुलीको पोल ढालेपछि १५० घरधुरी चार दिनदेखि अन्धकारमा बस्दै आएका छन्।
विद्युत् अवरुद्ध भएपछि साविकको डाडाफयाको जबुका, थाया, ओखरेन, चुकेडी र दलित बस्तीका बासिन्दा अन्धकारमा बस्दै आएको स्थानीय मन्दिर सिंहले जानकारी दिए।
अवरुद्ध भएको विद्युत् सेवा मर्मत गर्न नेपाल विद्युत् प्राधिकरण कार्यालयमा जानकारी गराउँदा ठेकेदारले सडक चौडा गर्ने क्रममा पोल ढालेकाले आफूहरुले मर्मत नगर्ने जवाफ दिएको उनले बताए। ठेकेदारले पनि पोल मर्मतप्रति चासो नदिएको स्थानीयले बताएका छन्।