कोरोनाबाट थप १८ जनाको मृत्यु, मृतकको संख्या १०५२ पुग्यो
नेपालमा थप १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै मृतकको संख्या १०५२ पुगेको छ।
यस्तै, पछिल्लो २४ घण्टामा ३०५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३४३० जना निको भएका छन्। हालसम्म मुलुकमा कोरोना संक्रमित हुनेको संख्या १८५९७४ पुग्दा निको हुनेको संख्या १४८४०८ पुगेको छ।
हाल मुलुकमा ३६५१४ जना कोरोनाका सक्रिय संक्रमितहरू रहेका छन्। मन्त्रालयका अनुसार २४ घण्टामा १३०६८ जनाको नमूना पीसीआर परीक्षण गरिएको थियो।
हालसम्म नेपालमा १५०७१९० जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।
काठमाडौं उपत्यकामा भने पछिल्लो २४ घण्टायता १३९८ जना कोरोनाभाइरस संक्रमित थपिएका छन्। ७९७ पुरुष र ६०१ जना महिलामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।