वायुसेवा निगममा २६ वर्षपछि नयाँ सफ्टवेयर, मोबाइलबाटै टिकट लिन मिल्ने सुविधा थप
वायुसेवा निगमले २६ वर्ष पुरानो फ्लाइट प्लानिङ सफ्टवयेरलाई हटाएर नयाँ जडान गरेको छ। जसको प्रयोगले आधुनिक सेवा र सुविधाका साथमा अनलाइन टिकटदेखि मोबाइल एपसम्मको सुविधा थप हुने भएको छ।
नेपाल वायुसेवा निगम (नेवानि)ले २६ वर्ष पुरानो सीता फ्लाइट प्लानिङ सफ्टवेयरलाई परिवर्तन गरेर एयरवसले निर्माण गरेको नभब्ल्यु फ्लाइट प्लानिङ (एन एफपी) लागू गरेको छ।
निगमले यो प्रणालीको प्रयोग गरेपछि मौसम पूर्वानुमान, नोटिस टु एयरम्यान (नोटाम), राइम प्रेडिक्सन, ओभर फ्लाई चार्ज, रुट एण्ड फ्युल अप्टिमाइजेशन सहितका विशेषता थप हुनेछन्।
यो विशेषताको प्रयोगले पुरानो प्रविधिको तुलनमा नयाँ प्रविधिको सञ्चालन खर्च नै ३० प्रतिशत कम हुने निगमले जानकारी दिएको छ। जसले निगमका हवाई सेवालाई सुक्षित, भरपर्दो र प्रविधिमैत्री बनाउँदै जाने प्रतिवद्धता निगले व्यक्त गरेको छ।
मोबाइलबाटै टिकट काट्न सकिने
नयाँ प्रविधिको प्रयोपछि निगमको टिकट पनि अनलाइन र मोबाइल एपको प्रयोग गरेर लिन सकिने नयाँ विशेषता थप भएको निगमका महाप्रवन्धक डिमप्रसाद पौडेलले बताए।
निगमले पुरानो प्रविधिकै कारण अहिलेसम्म अनलाइन र मोबाइल एपबाट टिकट दिन सकेको थिएन्। अब भने नयाँ प्रविधिका कारण ६ महनाभित्रै निगमका टिकट मोबाइलबाटै लिन सकिने गरी सिस्टम जडान भएको उल्लेख छ।
निगमले पुरानो प्रविधिकै कारण अहिलेसम्म अनलाइन र मोबाइल एपबाट टिकट दिन नसकेको बताउँदै पौडेलले नयाँ सफ्टवेयरको प्रयोगबाट ६ महीनाभित्रै निगमका टिकट मोबाइलबाटै लिन सकिने बताए।
उनले भने, "२० वर्षको अग्रिम भुक्तानी दिएर खरिद भएको प्रविधिबाट प्रविधिको प्रयोग सम्भव भएको थिएन्। अब सिस्टम जडान गरेपछि निगमले अनलाइन टिकटिङ्ग, मोबाइल एप, मोबाईल पेमेन्ट, ई–कमर्श लगायतका नयाँ फिचर थप गरेर सेवा दिने छ।"
निगमलाई एकपछि अर्को प्रविधिको प्रयोग गरेर आधुनिक सेवा र सुविधा दिंदै जाने पनि निगमले जानकारी दिएको छ। निगमले प्रविधिमैत्री र ग्राहकको रुची अनुसारको सेवा दिन पनि नयाँ प्रविधिलाई आत्मसाथ गर्न थालेको पनि उल्लेख छ।