'अमेरिकी निर्वाचनमा फ्लोरिडा र नर्थ क्यारोलिनाको परिणाम निर्णायक हुनसक्छ' (भिडियाेसहित)
अमेरिकी राष्ट्रपति निर्वाचनका लागि आज (मंगलबार) लाई अत्यन्तै महत्वपूर्ण मानिएको छ ।
कारण, भोलि बुधबार बिहानसम्म दुई राज्य फ्लोरिडा र नर्थ क्यारोलिनाको परिणाम आइसक्ने बताइएको छ।
डेमोक्र्याट पार्टी बलियो स्थितिमा ठानिएका यी यिनै दुई राज्य हुन्, जसले चार वर्षअघि रिपब्लिकन उम्मेदवार डोनल्ड ट्रम्पलाई राष्ट्रपतिमा जिताउन अहम् भूमिका खेलेका थिए ।
विश्वशक्ति राष्ट्र अमेरिकाको राष्ट्रपतिय निर्वाचन र यसको परिणामले स्वभाविक रुपमा संसारलाई नै प्रभावित पार्ने गरेको छ । त्यसमाथि पनि अहिलेका राष्ट्रपति ट्रम्पको अनेकन् विवादास्पद निर्णय, बोली र व्यवहार कारण यसपटकको निर्वाचनमा अमेरिकी नागरिक मात्र होइन संसारकै विशेष चासो बन्न पुगेको छ।
नेपाली समय अनुसार बुधबार बिहान सार्वजनिक हुने दुई राज्यका नतिजाले कसरी अमेरिकी जनताको राजनीतिक नेतृत्वको ‘भाग्य’ निर्धारण गर्नेछ ?
अमेरिकी राजनीतिमा विज्ञभन्दा पनि विद्यार्थीका हिसाबले चासो र चिन्ता राख्ने राइड सेयरिङ एप टुटलका सहसंस्थापक एवं प्रमुख कार्यकारी अधिकृत शिक्षित भट्टको छोटो विश्लेषण ।