काठमाडौं महानगरपालिकाका कुन वडामा कति छन् कोरोना संक्रमित? यस्तो छ तथ्याङ्क
काठमाडौं महानगरपालिकाका १५ वटा वडामा कोरोना संक्रमितको संख्या बढिरहेको छ। महानगरले आज सार्वजनिक गरेको महानगरको वडागत तथ्यांक अनुसार यस्तो देखिएको हो।
आज सार्वजनिक गरिएको १५ कात्तिकसम्मको तथ्यांक अनुसार महानगरको ३२ वटा वडामा गरी कूल संक्रमितको संख्या २५,०५४ पुगेको छ। ती मध्ये ८२५४ जना सक्रिय संक्रमित छन्। ती मध्ये १६ वटा वडामा अघिल्लो दिनको तुलनामा बढेको देखिएको उल्लेख छ। वडा नम्बर २, ४–९, १३, १४, १९, २० र ३२ लगायत वडामा संख्या बढेको देखिएको हो। शुरुदेखि नै यी वडाहरूमा संक्रमित बढी देखिएका छन्।
हाल १७१ जना संस्थागत आइसोलेसनमा छन् भने ५०८ जना अस्पतालमा छन्। त्यसबाहेक साढे ७ हजार होम आइसोलेसनमै छन्। महानगरले अघिल्लो दिनको तुलना गर्दै बढेको (रातो) वा घटेको (हरियोमा) संकेतसहितको वडागत तथ्यांक वेवसाइटमा अपडेट गर्दै आएको छ।