यूगान्डाको विपक्षी दलका तर्फबाट राष्ट्रपति पदका उम्मेद्वार गिरफ्तार
यूगान्डाका विपक्षी दलका तर्फबाट राष्ट्रपति पदका उम्मेद्वारलाई प्रहरीले पक्राउ गरेको छ। आसन्न राष्ट्रपतीय निर्वाचनमा विपक्षी दलका तर्फबाट उम्मेद्वार रहेका बोबी वाइनलाई प्रहरीले मंगलबार पक्राउ गरेको उनको पार्टी द नेसनल यूनिटी प्लेट्फर्मका प्रवक्ताले जनाएका छन्।
बोबी निर्वाचन आयोगमा नोमिनेसन दर्ता गराएर फर्किने क्रममा प्रहरीले ह्याम्मरले प्रहर गरी उनको गाडीको झ्यान फुटाएर पक्राउ गरेको पार्टी प्रवक्ता जोएर सेन्योनीलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले खबर प्रकाशन गरेको छ।
“प्रहरीले ह्याम्मर प्रहार गरेर गाडीको सिसा फुटाएपछि उनलाई जबर्जस्ती तानेर आफ्नो गाडीमा राखेर लियो”, पार्टी प्रवक्ताले भनेका छन् "उनलाई किन पक्राउ गरियो भन्ने विषयमा कुनै जानकारी दिइएको छैन।"
तर प्रहरी प्रवक्ता लुक वयेसीले भने यस विषयमा आफूलाई कुनै सूचना नआएको प्रतिक्रिया दिएका छन्।
३८ वर्षीय बोबी चर्चित संगितकर्मी हुन्। उनको वास्तविक नाम रोबर्ट क्यागुल्यानी हो। अर्को वर्षको फेब्रुअरीमा हुने निर्वाचनका लागि विपक्षी पार्टीका तर्फबाट उम्मेद्वार रहेका बोबी युगान्डामा निकै लोकप्रिय मानिन्छन्।
बोबीले आफ्नो उम्मेद्वार घोषणा गरेदेखि नै त्यहाँको सेना र प्रहरीले उनको र्या्ली र सभाहरूमाथि हस्तक्षेप गर्दै आइरहेको थियो।