काठमाडौं उपत्यकामा १४८६ जना संक्रमित थपिए
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टायता १४८६ जना कोरोनाभाइरस संक्रमित थपिएका छन्। सोमबार १६३० जना संक्रमित थपिएका थिए।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार उपत्यकामा ८१९ पुरुष र ६४९ महिलामा संक्रमण पुष्टि भएको हो।
मन्त्रालयका अनुसार काठमाडौंमा १०८३०, भक्तपुरमा १७३० र ललितपुरमा २१९६ जना होम आइसोलेसनमा बसेका छन्। काठमाडौंमा १५८६३ र ललितपुरमा २२६४ जना सक्रिय संक्रमित छन्।
अहिलेसम्म काठमाडौंमा २४९, भक्तपुरमा ६८ र ललितपुरमा ६३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।