दराजको ११.११ सेल २६ कात्तिकमा
नेपालको अनलाइन शपिङ बजार दराजले आफ्नो वार्षिक ११.११ सेल २६ कात्तिकमा आयोजना गर्ने भएको छ।
११.११ मा ग्राहकहरूले मेगा डिल, फ्ल्यास सेल्स, ब्यांक डिस्काउन्ट, निःशुल्क डेलिभरी, भौचरहरू र अन्यमार्फत् ६ हजार भन्दा बढी विक्रेताहरू र १६० भन्दा बढी राष्ट्रिय र अन्तर्राष्ट्रिय आधिकारिक ब्रान्डहरुले बेच्दै आएका ५ लाख भन्दा बढी उत्पादनमा धेरै भन्दा धेरै छुट पाउनेछन्।
यसपालिको ११.११ सेलमा ग्राहकले साझेदार ब्यांकहरूको डेबिट र क्रेडिट कार्डमार्फत समान अर्डर गर्दा रू. ३००० सम्मको छुट पाउनेछन। यसको लागि नबिल ब्यांक, एनआईसी एसिया, सानिमा, ग्लोबल आईएमई, एनएमबी, मेगा, नेपाल बंगलादेश, कुमारी, लक्ष्मी, सेन्चुरी र हिमालयन ब्यांकका कार्ड प्रयोगकर्ता हुनुपर्ने कम्पनीले जनाएको छ। र, छुट सुविधा लिन ग्राहकहरूले आफ्नो ब्यांक कार्डमार्फत् अनलाइन शपिङ गर्न मिल्ने हुनपर्छ।
११.११ मा ग्राहकहरुले ‘दराज वन रूपैयाँ गेम’, ‘एड टु कार्ट एण्ड विन’, ‘मिसन ११.११’, र ‘डिएफजी लुडो प्रतियोगिता’ जस्ता रमाइला खेलमा भाग लिएर आकर्षक पुरष्कार जित्ने सक्ने कम्पनीले जनाएको छ।
समग्रमा, २०२० को दाराज ११.११ सम्पूर्ण नेपालभरका ग्राहकहरूका लागि सुरक्षित शपिङ अनुभव सुनिश्चित गर्दै यस वर्षको सब भन्दा ठूलो अनलाइन सेल हुने कम्पनीको दाबी छ।