सेप्टिक ट्यांक सफा गर्ने क्रममा दुई मजदुरको मृत्यु
बाँकेको कोहलपुरमा शौचालयको सेप्टिक ट्यांक सफा गर्ने क्रममा दुई मजदुरको मृत्यु भएको छ ।
कोहलपुर नगरपालिका–११ स्थित रामप्रसाद सिग्देलको शौचालयको सेप्टिक ट्यांक सफा गर्ने क्रममा कोहलपुर नगरपालिका–६ रझेना निवासी ५० वर्षीय कुमार थारू र चेतराम थारूको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक रमेशबहादुर सिंहले जानकारी दिए ।
उनीहरुको सेप्टिक ट्यांकमा निसास्सिएर मृत्यु भएको हुनसक्ने प्रहरी नायब उपरीक्षक सिंहले बताए ।
मृतकहरुकाे शव सेप्टिक ट्यांक फोडेर निकालिएको थियो ।