काठमाडौं उपत्यकामा १६३० जना संक्रमित थपिए
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टायता १६३० जना कोरोनाभाइरस संक्रमित थपिएका छन्। आइतबार १६२२ जना संक्रमित थपिएका थिए।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार उपत्यकामा ९२८ पुरुष र ७०२ महिलामा संक्रमण पुष्टि भएको हो।
मन्त्रालयका अनुसार काठमाडौंमा १०७९७, भक्तपुरमा १७१९ र ललितपुरमा २२५७ जना होम आइसोलेसनमा बसेका छन्। काठमाडौंमा १६११८ र ललितपुरमा २२८८ जना सक्रिय संक्रमित छन्।
अहिलेसम्म काठमाडौंमा २४३, भक्तपुरमा ६७ र ललितपुरमा ६३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।