ब्यांकको एटीएम फोडिरहेको अवस्थामा एक जना किशोर पक्राउ
राजधानीको कुलेश्वरस्थित माछापुच्छ्रे ब्यांकको एटीएम फोडिरहेको अवस्थामा प्रहरीले एक किशोरलाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका-१४ कुलेश्वरस्थित माछापुच्छ्रे बैंकको एटीएम फोडिरहेको अवस्थामा काठमाडौंको बानेश्वर बस्ने कैलाली टिकापुर घर भएका १८ वर्षीय किशोरलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो।
महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले ती किशोरले उक्त एटीएम फोडदै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।