गोकुल बास्कोटा भन्छन्- 'लेनदेनकाे ब्यापारीक स्वार्थमा अडेकाे एकता अर्काे सम्झाैतापछि समाधान भैहाल्छ'
नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रिय सदस्य तथा पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाले पार्टीभित्रको संकटलाई व्यापारीक लेनदेनको आधारमा भएको टिप्पणी गरेका छन्।
बास्कोटाले सिद्धान्त र संगठनात्मक प्रणालीसहितको संकट नभई व्यापारीक स्वार्थमा अडेको एकता अर्को सम्झौतापछि समाधान हुने भन्दै फुटको विषयमा चलेको हल्लालाई 'बेकारको हल्ला'को संज्ञा दिएका छन्।
"सिद्धान्त र संगठनात्मक प्रणाली सहितकाे संकट उत्पन्न भएकाे भए पाे संकट मान्नु, लेनदेनकाे ब्यापारीक स्वार्थमा अडेकाे एकता अर्काे सम्झाैतापछि समाधान भैहाल्छ नि! वेकारकाे हल्ला", बास्कोटाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।
नेकपाभित्र जारी विवाद उत्कर्षमा पुगेर विभाजनको संघारमा पुगेको भन्दै पार्टी महासचिव विष्णु पौडेलले सामाजिक सञ्जालमार्फत चिन्ता व्यक्त गरेको केही समयपछि बास्कोटाले उक्त प्रतिक्रिया दिएका छन्।
सिद्धान्त र संगठनात्मक प्रणाली सहितकाे सङकट उत्पन्न भएकाे भए पाे सङ्कट मान्नु लेनदेनकाे ब्यापारीक स्वार्थमा अडेकाे एकता अर्काे सम्झाैता पछि समाधान भैहाल्छ नि।वेकारकाे हल्ला।
Posted by Gokul Baskota on Sunday, November 1, 2020