कोरोनाबाट थप २३ जनाको मृत्यु, मृतकको संख्या ९६० पुग्यो
कोरोनाबाट पछिल्लो २४ घण्टायता थप २३ जनाको मृत्यु भएको छ। यससँगै हालसम्म देशभर कोरोनाबाट ज्यान जानेको संख्या ९६० पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर पछिल्लो २४ घण्टामा थप २८२४ जनामा कोरोना संक्रमरण पुष्टि भएको छ। यससँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या १७३५६७ पुगेको छ।
मन्त्रालयका अनुसार देहभर हाल सक्रिय संक्रमितको संख्या ३७७६५ जना रहेको छ। त्यसमध्ये ६७७९ जना संस्थागत आइसोलेसनमा र ३०९८६ जना होम आइसोलेसनमा रहेका छन्।
पछिल्लो २४ घण्टामा ३६२० जना कोरोना संक्रमित निको भएका छन्। त्यस्तै आज १३०२३ वटा नमूना पीसीआर गरिएको छ। हाल क्वारेन्टिनमा २३८६ जना रहेका छन्। देशभर २८३ जना आईसीयूमा र ७८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।