बागमती प्रदेशका मुख्यमन्त्री पौडेल अस्पतालबाट डिस्चार्ज
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन्। ६ कात्तिकमा गरिएको परीक्षणमा कोरोना पोजिटिभ देखिएपछि पौडेल उपचारका लागि शहीद गंंगालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्र काठमाडौमा भर्ना भएका थिए।
पौडेलको शनिबार गरिएको पुन: पीसीआर परीक्षणमा कोरोना रिपोर्ट नेगेटिभ आएपछि आइतबार अस्पतालबाट डिस्चार्ज भएका हुन्। उनीसँगै संक्रमित भएकी मुख्यमन्त्रीकी पत्नी विजया पौडेलको भने शनिबार गरिएको पुन: परीक्षणमा पनि पोजिटिभ नै आएको छ।
दुवैजना भैंसेपाटीस्थित सरकारी निवासमा आइसोलेसनमा बस्ने मुख्यमन्त्रीका प्रेस संयोजक प्रकाश दाहालले बताए।