काठमाडौं उपत्यकामा थपिए १३५७ संक्रमित
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टायता १३५७ जना कोरोनाभाइरस संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका ७८८ पुरुष र ५६९ महिलामा संक्रमण पुष्टि भएको हो।
हाल काठमाडौंमा १६८९०, भक्तपुरमा ११५१ र ललितपुरमा २३०३ सक्रिय संक्रमित रहेका छन्।
यसमध्ये काठमाडौंमा १०५०१ र ललितपुरमा २२५७ जना होम आइसोलेसनमा बसेका मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार हालसम्म काठमाडौंमा २१९, भक्तपुरमा ६६ र ललितपुरमा ६० जना संक्रमितको मृत्यु भएको छ।