‘पार्टी केन्द्रले नै प्रदेश-२ लाई प्रयोगशाला बनायो’
पर्सा जिल्लाको विन्दबासिनी गाउँपालिकामा ६ कात्तिकमा जे नहुनुपर्ने थियो, त्यही भयो। हाम्रा एक होनहार कमरेडले अकालमै ज्यान गुमाउनुपर्यो। यो घटना जति दुःखदायी छ, त्यति नै निन्दनीय पनि छ। अहिले प्रदेश–२ का विभिन्न ठाउँमा हाम्रो पार्टी, नेकपाभित्र विवादहरू देखिएका छन् र, तिनै विवादका कारण पर्साको घटना भएको हो। सबभन्दा पहिले यहाँ हाम्रो पार्टीभित्र कस्ता विवाद भइरहेका छन्, कसरी भइरहेका छन् र त्यसको जड के हो भनेर बुझ्न जरुरी छ।
एकीकरणबाट नेकपा गठन हुनुअघि तत्कालीन एमाले र माओवादीभित्र अनेक समस्या थिए। जब पार्टी एक भयो, ती समस्या कम हुनुको साटो झन् झन् बढेर गए। यसको मुल कारण भनेको गुटगत राजनीति हो। गुटगत राजनीतिले पार्टीमा अराजकता निम्तियो।
एकीकरण भएपछि तत्कालीन एमाले र माओवादीलाई कमिटीमा रहने साथीहरूको नाम पठाउन भनिएको थियो। पूर्वएमालेको त कमिटी प्रणाली व्यवस्थित थियो, सम्पूर्ण नामावली व्यवस्थित थियो। पार्टी कमिटीको सम्पूर्ण अभिलेख थियो, त्यसकारण समस्या भएन। तर, पूर्वमाओवादीमा ४००÷५०० सदस्यीय जिल्ला कमिटी थिए। तिनको पनि अभिलेख थिएन, मौखिक जस्तै थिए। त्यसकारण उहाँहरूले नाम दिँदा समस्या भयो। पहिला कमिटीमा रहेका सबैजना अटाउन सक्ने अवस्था पनि थिएन। त्यसले गर्दा कैयौं नाम छुट्न गए।
हामीले नभने पनि पार्टीमा गुट कायम छ। मैले प्रदेश–२ का सहइन्चार्ज नागेन्द्र चौधरीसँग बसेर छलफल गरौं र समस्याको समाधान गरौं भनेर पटक–पटक भनें। उहाँ बोलाउँदा आउनु हुन्न। प्रदेश कमिटीले गरेका कामप्रति पार्टी कमिटीको बैठकमा कसैले असन्तुष्टि जनाउँदैन। जब प्रदेश कमिटीले गरेका निर्णय बाहिर जान्छन्, अनि असन्तुष्टि व्यक्त गर्ने गरिएको छ।
हाम्रो पार्टी, पूर्वएमालेमा पनि धनुषा र सिरहा लगायत केही जिल्लामा त्रुटीहरू भए। अहिले त्यहीकारणले समस्या निम्तिएको हो। कैयौं ठाउँमा गठन भइसकेका कमिटीहरूको पनि शपथ ग्रहण हुनसकेको छैन। तर, समस्यालाई समाधान गर्ने भन्दा केही साथीहरू समस्यालाई थप बल्झाउनेतर्फ लाग्नुभयो।
हामीले नभने पनि पार्टीमा गुट कायम छ। मैले प्रदेश–२ का सहइन्चार्ज नागेन्द्र चौधरीसँग बसेर छलफल गरौं र समस्याको समाधान गरौं भनेर पटक–पटक भनें। उहाँ बोलाउँदा आउनु हुन्न। प्रदेश कमिटीले गरेका कामप्रति पार्टी कमिटीको बैठकमा कसैले असन्तुष्टि जनाउँदैन। जब प्रदेश कमिटीले गरेका निर्णय बाहिर जान्छन्, अनि असन्तुष्टि व्यक्त गर्ने गरिएको छ।
पूर्वएमालेको माधवकुमार नेपाल खेमा र पूर्वमाओवादीको अर्को एक खेमाले पार्टी कमिटीभित्र सल्लाह र सुझाव केही नदिने, तर बाहिर भने समानान्तर पार्टी गतिविधि सञ्चालन गर्ने काम गरिरहेको छ। नागेन्द्र चौधरीसहित १६ जना केन्द्रीय सदस्यले म समेत प्रदेश अध्यक्ष प्रभु साह, सचिव सुमन प्याकुरेललाई कारबाही गर्न माग गर्दै नेतृत्वलाई निवेदन दिनुभयो। समस्या जहाँ छ, त्यहीँ बसेर छलफलबाट समाधान खोज्न सकिन्छ। तर, उहाँहरू त्यो गर्न चाहनु हुन्न।
पार्टीमा गल्ती गर्नेलाई कारबाही नगरेपछि अराजकता बढेको देखिन्छ। ममाथि दुई पटकसम्म आक्रमणको प्रयास भयो। प्रदेश सभामै आफ्नै पार्टीको फरक गुटका प्रदेश सभा सदस्यले मलाई हातपात गर्नुभयो। हात उठाएर थप्पड नै हान्नुभयो। त्यो थप्पड किशोरी साहलाई लाग्यो। त्यो घटनाबारे मैले काठमाडौं पुगेर दुवै जना अध्यक्षलाई जानकारी गराएँ। तर, आजसम्म कुनै कारबाही भएन।
त्यसैगरी ममाथि सबै केन्द्रीय सदस्यहरू बसेर छलफल गरिरहेको ठाउँमा फरक गुटका मान्छेले बोत्तल प्रहार गरे, धनुषाको ढल्केवरमा। पार्टी नेतृत्वलाई त्यो विषय पनि जानकारी गराएँ, तर कारबाही भएन। यस्तोखाले अराजकता र अहिले देखिएको सबै समस्याको जड गुट हो। गल्ती गर्नेलाई कारबाही नहुँदा प्रदेशको पार्टी पंक्तिमा अराजकता मौलाउँदै गएको हो।
ममाथि दुई पटकसम्म आक्रमणको प्रयास भयो। प्रदेश सभामै आफ्नै पार्टीको फरक गुटका प्रदेश सभा सदस्यले मलाई हातपात गर्नुभयो। पार्टीको बैठकमा मलाई बोत्तल प्रहार गरियो। त्यो घटनाबारे मैले काठमाडौं पुगेर दुवै जना अध्यक्षलाई जानकारी गराएँ। तर, आजसम्म कुनै कारबाही भएन। गल्ती गर्नेलाई कारबाही नहुँदा प्रदेशको पार्टी पंक्तिमा अराजकता मौलाउँदै गएको हो।
सुन्दा अप्ठेरो लाग्न सक्छ, तर हाम्रो पार्टीले प्रदेश–२ लाई प्रयोगशाला बनाएको छ। हरेक विचारको षडयन्त्रको जालझेल यहीँ हुन्छ। गुटको प्रयोग पनि यहीँ गरिन्छ। एक प्रकारले शक्तिको प्रहसन पनि यहीँ हुन्छ। पार्टीले प्रदेश–२ लाई प्रयोगशाला बनाएको अनुभव मैले प्रष्ट रूपमा गरेको छु। पर्साको बिन्दबासिनीमा ६ कात्तिकमा भएको घटनामा त पूरापूर हाम्रो पार्टीका सहइन्चार्ज नागेन्द्र चौधरी जिम्मेवार हुनुहुन्छ।
विन्दबासिनी गाउँपालिकामा नागेन्द्र चौधरी, रामचन्द्र साह तेली, विजय महतो र छोटेलाल यादवले एकपक्षीय रूपमा कार्यक्रमको आयोजना गरेका हुन्। उक्त कार्यक्रमबारे जिल्ला अध्यक्ष, फरक गुटका मान्छेलाई खबर गरिएको छैन। जति ढाकछोप गरे पनि गुटको आधारमा काम भएको छ। नागेन्द्रजीलाई माधव नेपालजीले पञ्जापत्र दिनुभएको छ। त्यहाँ एकतर्फी रूपमा कार्यक्रम आयोजना गरियो, त्यही गाउँपालिकाको अर्को गुटको मान्छेलाई नबोलाउने र जानकारी नदिने काम भयो। एउटा पक्षलाई मात्र सहभागी गराउने काम गरेकाले त्यहाँ असन्तुष्टि देखियो। अहिले हत्याको आरोपपत्र दर्ता गरिएका राजकुमार गुप्ता त भौतिक रूपमा त्यहाँ उपस्थित पनि थिएनन्। त्यहाँ लासमाथि राजनीति गरिएको छ। घटनाबारे अहिलेसम्म प्रदेश इन्चार्जलाई जानकारी नै गराइएको छैन।
बिन्दबासिनीमा कुटाई त दुई वटै पक्षले खाएका छन्। योजनावद्ध तरिकाले एउटा गुटको भेला गरेर एक पक्षका मान्छेलाई शपथ ग्रहण गराउने काम गरेपछि यो घटना भएको हो। एउटै कमिटीका साथीहरूलाई शपथ ग्रहणमा गरेको विभेदले असन्तुष्टि बढायो। त्यसकारण यो नियोजित घटना हो।
(नेकपाका स्थायी कमिटी सदस्य एवं प्रदेश–२ इन्चार्ज मण्डलसँगको कुराकानीमा आधारित)