झापाका कोरोना संक्रमित पुरुषको धरानमा उपचारका क्रममा मृत्यु
कोरोना सङ्क्रमणबाट झापा गौरीगञ्ज गाउँपालिका-६ का एक वृद्धको मृत्यु भएको छ। धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारका क्रममा ७३ वर्षीय सङ्क्रमित वृद्धको मृत्यु भएको हो।
६ कात्तिकमा सङ्क्रमण पुष्टि भई ७ कात्तिकमा कोभिड अस्पतालमा भर्ना गरिएका वृद्धको शनिबार बिहान ७ बजे उपचारका क्रममा मृत्यु भएको गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्रले बताए।
मृतक मुटुरोगी थिए। गौरीगञ्जमा पहिलोपटक सङ्क्रमितको मृत्यु भएको हो। यससँगै झापामा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ३५ पुगेको छ।