पञ्जाबलाई हराएपछि राजस्थानको प्लेअफमा पुग्ने संभावना कायमै
इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गए राति सकिएको खेलमा राजस्थान रोयल्ससँग किङ्स इलेभन पञ्जाब सात विकेटले पराजित भएको छ।
जितसँगै पञ्जाबसँग समान १२ अंक भएको राजस्थानको पनि प्लेअफमा पुग्ने संभावना कायमै रहेको छ। पञ्जाब चौँथो र राजस्थान पाचौँ स्थानमा छन्। दुवैले अब एक खेल खेल्न बाँकी छ।
हिजो पञ्जाबले दिएको १८६ रनको लक्ष्य राजस्थानले १७.३ ओभरमा नै तीन विकेट क्षतिमा भेटाएको थियो। उसका लागि बेन स्टोकले २६ बलमा ५० रन र सञ्जु सामसनले २५ बलमा ४८ रन बनाए।
यसअघि टस हारेर पहिला ब्याटिङ गरेको पञ्जाबले २० ओभरमा चार विकेट क्षतिमा १८५ रन बनाएको थियो। उसका लागि क्रिस गेलले ६३ बलमा ९९ रन बनाए। उनी जोफ्रा आर्चरको बलमा क्लिन बोल्ड भएका थिए।
आर्चरले दुई विकेट लिए। उनले फर्ममा रहेका ओपनर मन्दीप सिंहलाई गोल्डेन डकआउट गरेका थिए।