फेरि किन बढ्यो ओली–दाहाल तिक्तता ? नेताहरु भन्छन्– ‘भागवण्डाको लफडा’
सत्तारुढ नेकपाका अध्यक्षद्वयबीच फेरि देखिएको तिक्ततापूर्ण सम्बन्धका पछाडि पार्टी निर्णयलाई कारण देखाइए पनि अन्तर्यमा भने नियुक्तिमा एकलौटी गर्ने र भागवण्डा खोज्ने स्वार्थ नै प्रमुख देखिन्छ।
१५ कात्तिकदेखि शुरु हुने सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी वैठक एक महीना पर सार्ने विषयमा टेलिफोनमा कुराकानी भएको बाहेक प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच कुनै संवाद भएको छैन। अन्तिम पटक ३ कात्तिकमा कर्णाली प्रदेशको पार्टी पंक्तिमा देखिएको विवादबारे ओली र दाहालबीच बालुवाटारमा प्रत्यक्ष संवाद भएको थियो।
यसबीचमा ओलीले दाहाललाई भेटका लागि पटक पटक बालुवाटार बोलाएका, तर दाहाल नआएका खबर बाहिर आएका छन्। ओली र दाहालबीच लामो समयदेखि जारी यो संवादहीनताले बल्लतल्ल थान्को लागेको नेकपाभित्रको शक्ति संघर्ष पुनः नयाँ किसिमबाट अघि बढेको आकलन गर्न थालिएको छ। प्रधानमन्त्री ओलीको सन्देश बोकेर पछिल्लो समय महासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्यहरु शंकर पोखरेल, पृथ्वीसुव्वा गुरुङ्ग, सुवास नेम्वाङ्ग, प्रदिप ज्ञवालीलगायत नेताहरू खुमलटार धाउनुले पनि यो अवस्था प्रष्ट्याउँछ।
ओली र दाहालबीच लामो समयदेखि जारी यो संवादहीनताले बल्लतल्ल थान्को लागेको नेकपाभित्रको शक्ति संघर्ष पुनः नयाँ किसिमबाट अघि बढेको आकलन गर्न थालिएको छ। प्रधानमन्त्री ओलीको सन्देश बोकेर पछिल्लो समय महासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्यहरु शंकर पोखरेल, पृथ्वीसुव्वा गुरुङ्ग, सुवास नेम्वाङ्ग, प्रदिप ज्ञवालीलगायत नेताहरू खुमलटार धाउनुले पनि यो अवस्था प्रष्ट्याउँछ।
बालुवाटार स्रोत भने नेकपाका अध्यक्षद्वयबीच पहिलेजस्तो संवादहीनता अहिले नरहेको दाबी गर्छ। “भेटघाट पातलो छ, दाहाल कमरेड आइसोलेसनमा बस्नुपरेकाले पनि भेटघाट नभएको हो, संवाद नै टुटेको अवस्था होइन,” प्रधानमन्त्री ओलीनिकट स्रोतले भन्यो, “उहाँले आफूनिकट नेताहरुलाई बोलाएर छलफल गरिरहेको हेर्दा उहाँका केही असन्तुष्टि छन् कि भन्ने देखिन्छ। अहिले उहाँका असन्तुष्टि के हुन् भनेर बुझ्ने काम भएको हो।”
प्रधानमन्त्री ओलीले पछिल्लो पटक गरेको मन्त्रिपरिषद् पुनर्गठन तथा मुख्यसचिव र राजदूतहरुको नियुक्तिलाई लिएर दाहालको असन्तुष्ट रहेको उनीनिकट नेकपाका एक स्थायी कमिटी सदस्य बताउँछन्। “एकजना अध्यक्ष सरकारको काममा केन्द्रित हुने, अर्को अध्यक्ष पार्टीको काममा केन्द्रित हुने, अनि सरकार र पार्टीको काम दुवै अध्यक्षको सहमतिमा सञ्चालन गर्ने पार्टी स्थायी कमिटीको निर्णय हो,” ती सदस्य भन्छन् “सचिवालयको सुझाव अनुसार दुई जना अध्यक्षको सहमतिमा त्यसलाई फाइनल गर्ने निर्णय भएको थियो, तर त्यसअनुसार भएको छैन।”
प्रधानमन्त्री ओली भने एकजना अध्यक्ष सरकार र अर्का अध्यक्ष पार्टीको काममा केन्द्रित हुने निर्णय भइसकेपछि दाहालले सरकारका काममा अनावश्यक चासो देखाएको, मन्त्री र राजदूत नियुक्तिमा भागवण्डा खोजेको बुझाइमा छन्।
प्रधानमन्त्री ओली भने एकजना अध्यक्ष सरकार र अर्का अध्यक्ष पार्टीको काममा केन्द्रित हुने निर्णय भइसकेपछि दाहालले सरकारका काममा अनावश्यक चासो देखाएको, मन्त्री र राजदूत नियुक्तिमा भागवण्डा खोजेको बुझाइमा छन्। “पार्टीको कार्यकारी अध्यक्षको जिम्मेवारी पाइसकेपछि सांगठनिक गतिविधि अघि बढाएर महाधिवेशनकेन्द्रित हुन पहलकदमी लिनुपर्नेमा उहाँले त्यस्तो गर्नुभएन,” प्रधानमन्त्री ओलीनिकट एक नेताले भने, “मन्त्रीदेखि राजदूतसम्मको नियुक्तिमा भागवण्डा खोज्न उहाँ केन्द्रित हुनुभो, आफ्नो जिम्मामा परेको कामलाई अगाडि बढाउनै खोज्नु भएन। समस्याको जड यो पनि हो।”
प्रदेशमा देखिएका समस्यालाई केन्द्रमा तानेर दाहालले आफूमाथि अप्ठेरो पैदा गर्न खोजेको बुझाइसमेत प्रधानमन्त्री ओलीको छ। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध प्रदेश सभा संसदीय दलमा दर्ता भएको अविश्वास प्रस्तावको विषयलाई प्रदेशबाटै टुंग्याउनुपर्नेमा दाहालले त्यसलाई केन्द्रमा तानेर विवाद सिर्जना गर्ने काम गरेको उल्लेख गर्दै ओलीनिकट ती नेता भन्छन्, “कर्णालीको विवाद केन्द्रमा तान्नुपर्ने विषय नै थिएन, यसलाई तानेर जबर्जस्ती राजनीति गर्न खोजियो।”
कर्णाली प्रदेशमा प्रधानमन्त्री ओलीनिकट नेता यामलाल कँडेलको अगुवाइमा दाहालनिकट मुख्यमन्त्री शाहीविरुद्ध अविश्वास प्रस्ताव ल्याइएको थियो। यो घटनापछि शाही र कँडेल दुवैलाई नेकपाले काठमाडौं झिकाएको थियो। यो विवाद काठमाडौंमा साम्य नभएपछि ओली र दाहालले त्यहाँको पार्टी पंक्तिलाई फरक फरक सर्कुलर गरेको तथ्य बाहिरिएको थियो। पछि माधवकुमार नेपाल समूहले साथ नदिएपछि भने अविश्वास प्रस्ताव तुहिएको र शाहीको सरकार जोगिउको थियो।
नेकपाभित्र ओली र दाहाल नजिकिने र टाढिने घटनाक्रम नौला होइनन्। घटनाक्रमले भागवण्डा मिल्दा उनीहरुबीच हार्दिकता बढेको र नमिल्दा सम्बन्ध पानी बाराबारमा समेत पुगेको देखाउँछन्। पछिल्लो पटक ओली र दाहालबीचको तिक्तता नाटकीय रुपमा हार्दिकतामा बदलिएको थियो।
नेकपाभित्र ओली र दाहाल नजिकिने र टाढिने घटनाक्रम नौला होइनन्। घटनाक्रमले भागवण्डा मिल्दा उनीहरुबीच हार्दिकता बढेको र नमिल्दा सम्बन्ध पानी बाराबारमा समेत पुगेको देखाउँछन्। पछिल्लो पटक ओली र दाहालबीचको तिक्तता नाटकीय रुपमा हार्दिकतामा बदलिएको थियो। नेकपाभित्रको शक्ति संघर्षमा दाहालनजिक रहँदै आएका वरिष्ठ नेता माधवकुमार नेपाल भने धेरैपटक ओलीसँग लेनदेन गरेर दाहालले बाटो मोडे पनि यसबारे मुखर भएका छैनन्। पछिल्लो समय भने ओलीले नेपालसँग संवाद बढाएका छन्।
वरिष्ठ नेता नेपालनिकट स्थायी कमिटी सदस्य बेदुराम भुसाल नेकपामा जारी समस्यालाई व्यक्तिकेन्द्रित राजनीति र प्रवृतिको उपज मान्छन्। “व्यक्तिबादी प्रवृत्तिले नेपालको राजनीतिलाई थिलथिलो पारेको छ, हाम्रो पार्टी पनि त्यसमै छ”, भुसाल भन्छन्, “नेकपा मात्र नभएर सबै पार्टी यही समस्याबाट गुज्रिएका छन्। फलानो कि फलानो भन्ने नै गलत कुरा हो। कसलाई के दिने भन्ने होइन, कुन प्रणालीअनुसार जाने र पार्टीलाई कसरी लोकतान्त्रिक पद्धतिमा ढाल्ने भन्ने प्रमुख कुरा हुनुपर्ने हो, जुन भइरहेको छैन।”
भुसालले नेकपामा भाग खोज्ने र भाग दिनै नचाहने दुवै समूह व्यक्तिवादी प्रवृतिले ग्रस्त रहेको टिप्पणी गरे। भने, “विचारमा विधि र पद्धतिको पालना नगर्ने, संस्थागत ढंगले नचल्ने र अपारदर्शी निर्णय गरेर अघि बढ्ने अहिलेको प्रमुख समस्या हो।”