झडपमा ज्यान गुमाएका नेकपा कार्यकर्ता चौरसियाको आठ दिनपछि अन्त्येष्टि
मृत्युको आठ दिनपछि नेपाल काम्युनिष्ट पार्टी (नेकपा) पर्साको विन्धवासनी गाँउपालिका कमिटीका सचिव मुकेश चौरसियाको आज अन्त्येष्टि गरिएको छ।
चौरसियाको परिवारले दिएको किटानी जाहेरी प्रहरीले दर्ता गरेपछि नारायणी अस्पतालमा रहेको शवलाई पोस्टमार्टमपछि उनको निवास्थान लगि शतगत गरिएको हो।
नेकपाका स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री मातृकाप्रसाद यादव, केन्द्रीय सदस्य नागेन्द्र चौधरी, रामचन्द्र साहलगायत नेताले पार्थीव शरीरमा पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि दिएका थिए।
सो गाँउपालिका कमिटीमा यही ६ कात्तिकमा भएको सपथग्रहण कार्यक्रममा विवाद हुँदा घाइते चौरसियाको ७ कात्तिकमा उपचारका क्रममा निधन भएको थियो।