काठमाडौंका सिडिओलाई कोरोना संक्रमण
काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सिडिओ) जनकराज दाहाल र उनकी पत्नीलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।
सिडिओ दाहालले आफू र पत्नीलाई कोरोना भएको विषयमा बिहीबार गृह मन्त्रालयलाई जानकारी गराएको गृहप्रवक्ता चक्रबहादुर बुढाले बताए।
“उहाँले (सिडिओ दाहालले) आफूहरू संक्रमित भएको विषयमा हिजो सचिवज्यूलाई जानकारी गराउनुभएको रहेछ। मैले पनि कुरा गर्दा स्वास्थ्य सामान्य नै छ, होम आइसोलेसनमा छु भन्नुभयो।”
जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले सिडिओ दाहाललाई बुधबार कोरोना संक्रमण पुष्टि भएको बताए। उनका अनुसार होम आइसोलेसनमा बसेका दाहालको स्वास्थ्य अवस्था सामान्य छ।