कोरोना संक्रमित मुख्यमन्त्री पौडेलको स्वास्थ्य सुधारोन्मुख
कोरोना संक्रमण भएपछि अस्पतालमा रहेका बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आफ्नो स्वास्थ्य सुधारोन्मुख अवस्थामा रहेको बताएका छन्।
आज सामाजिक सञ्जालमा आफू र श्रीमतीलाई कोरोना संक्रमण भएपछि काठमाडौंको गंगालाल अस्पतालमा रहेको र स्वास्थ्य सुधारोन्मुख भएकाले चाँडै काममा फर्किने बताएका छन्। उनको फेसबुक स्टाटसमा भनिएको छ, ‘हाल हामी दुवै जनाको स्वास्थ्य सुधारोन्मुख छ, चाँडै नै नियमित काममा फर्किने जानकारी गराउँछु, उपचारमा संलग्न स्वास्थ्यकर्मीप्रति आभार व्यक्त गर्दछौं।’
उनले कोरोना महामारीको संवेदनशीलतालाई गम्भीरताका साथ लिँदै सामाजिक दूरीसहित अन्य स्वास्थ्यका मापदण्ड कडाईका साथ पालना गर्न पनि सबैलाई आग्रह गरेका छन्।
पौडेल दम्पत्तीलाई ६ कात्तिकमा कोरोना संक्रमण भएको थियो। गत वर्ष मुटुको एन्जिओप्लाष्टी गरेका कारण उनी संक्रमण भएलगत्तै गंगालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्रमा उपचाररत छन्।
मिति २०७७ कार्तिक ६ गते कोरोना पोजिटिभ देखिएपछि ७ गतेबाट श्रीमतीसहित म गंगालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्रमा...
Posted by Dormani Paudel on Wednesday, October 28, 2020