काठमाडौं उपत्यकामा थप १६१५ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टायता १६१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये ७०४ जना महिला र ९११ जना पुरुष रहेका छन्।यससँगै काठमाडौं उपत्यकामा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ७३१०३ पुगेको छ।
त्यस्तै हाल उपत्यकामा सक्रिय संक्रमितको संख्या भने २० हजार ६६ रहेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका जिल्लाहरू काठमाडौंमा हालसम्म ५९२३४ जना कोरोना संक्रमित भएकामा सक्रिय संक्रमितको संख्या १६५२१ रहेको छ। हालसम्म ४२५०४ निको भएका छन् भने २०९ जनाको मृत्यु भएको छ।
ललितपुरमा कुल ८३५० जना संक्रमित भएकामा हाल सक्रिय संक्रमितको संख्या २४७० रहेको छ। अहिलेसम्म ५८२२ जना निको भएका छन् भने ५८ जनाको मृत्यु भएको छ।
भक्तपुरमा कुल ५५१९ संक्रमित भएकाामा सक्रिय संक्रमितको संख्या १०७५ रहेको छ। संक्रमितमध्ये हालसम्म ४३८३ निको भएका छन् भने ६१ जनाको मृत्यु भएको छ।
मन्त्रालयका अनुसार हाल काठमाडौंमा १०५०१ जना, भक्तपुरमा १७१९ जना र ललितपुरमा १३६३ जना होम आइसोलेसनमा रहेका छन्।