कर्मचारीको निधनमा शोक मनाउँदै धरान उपमहानगरपालिकामा आज बिदा
धरान उपमहानगरपालिकाले बिहीबार शोक बिदा दिएको छ। उपमहानगरपालिकामा कार्यरत सव-इञ्जिनियर शेरमान राईको निधन भएकाले नगर कार्यपालिकाको कार्यालय र मातहतका वडा र अन्य कार्यालयहरुमा बिदा दिने निर्णय गरिएको हो।
मुटु तथा मिर्गौला सम्बन्धी रोगको उपचार गराइरहेका सव-इञ्जिनियर राईको उपचारकै क्रममा बुधबार निधन भएको थियो।
उपमहानगरले शोक बिदासम्बन्धी सूचना जारी गर्दै नगर कार्यपालिका, मातहतका वडा कार्यालय र अन्य कार्यालयहरु बन्द रहने जानकारी दिएको छ।
१० माघ २०५० मा तत्कालीन धरान नगरपालिकामा नियुक्त भएका राई १ असार २०५२ देखि स्थायी भई घर नक्सा शाखामा कार्यरत थिए।