४६ जिल्लामा पुग्यो ब्रोडब्याण्ड इन्टरनेट
सरकारले ग्रामीण दूरसञ्चार विकास कोषको रकम परिचालन गरेर देशैभर विस्तार गरिरहेको ब्रोडब्याण्ड इन्टरनेट ४६ जिल्लामा पुगेको छ। नेपाल दूरसञ्चार प्राधिकरणले १२ कात्तिकमा सार्वजनिक गरेको तथ्यांक अनुसार, गाउँगाउँमा इन्टरनेट पुर्याउने काम ६६.५८ प्रतिशतले सम्पन्न भएको छ।
सरकारले देशैभरका ६७५ स्थानीय तहको कार्यालय, ५ हजार ८२७ वडा कार्यालय, ५ हजार २२५ माध्यमिक विद्यालय र ४ हजार १२२ स्वास्थ्य संस्थामा गरी कुल १५ हजार ८४९ स्थानमा ब्रोडब्याण्ड इन्टरनेट पुर्याउने गरी काम गरिरहेको छ। यसमध्ये हाल औषत ६६ प्रतिशत काम सकिएको प्राधिकरणले जनाएको छ।
विभिन्न १८ वटा प्याकेजमा भइरहेको इन्टरनेट विस्तारको काममध्ये १२ वटा प्याकेज अन्तर्गत ४६ जिल्लामा ब्रोडब्याण्ड इन्टरनेट पुगेको हो। बाँकी दुई वटा प्याकेजबाट नौ जिल्लामा भइरहेको काम ५० प्रतिशत सकिएको छ।
प्राधिकरणका अनुसार, १८ वटा प्याकेजमा भइरहेको इन्टरनेट विस्तारको काममध्ये १२ वटा प्याकेज अन्तर्गत ४६ जिल्लामा ब्रोडब्याण्ड इन्टरनेट पुगेको हो। बाँकी दुई वटा प्याकेजबाट नौ जिल्लामा भइरहेको काम ५० प्रतिशत सकिएको छ। चार वटा प्याकेजबाट १९ जिल्लामा भएको काममा पनि नेटवर्क तथा कनेक्टिभिटी जडानका लागि सेवा प्रदायक छनोट भइसकेको प्राधिकरणले जानकारी दिएको छ।
प्राधिकरणबाट तीन वटा प्याकेजमा भइरहेको सूचना महामार्ग अन्तर्गत प्याकेज एक अन्तर्गत प्रदेश १, २ र वागमतीमा २ हजार १७९ किलोमिटरमा अप्टिकल फाइबर बिछ्याउने काम हुँदैछ। तर, यसमध्ये हालसम्म प्याकेज एकमा ३०८ किलोमिटरमा मात्रै फाइबर बिछ्याइएको छ।
प्याकेज दुई अन्तर्गत गण्डकी, लुम्बिनी प्रदेशमा २ हजार १६० किमि क्षेत्रमा अप्टिकल फाइबर बिछ्याउनुपर्नेमा काम नै शुरु भएको छैन। यस्तै, प्याकेज तीन अन्तर्गत कर्णाली र सुदूरपश्चिम प्रदेशमा १ हजार ९९२ किमिमा फाइबर बिछ्याउने काम पनि शुरु नभएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्याललले जानकारी दिए।