नेकपाको केन्द्रीय कमिटी बैठक एक महीनासम्मलाई स्थगित
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को यही कात्तिक १५ देखि १७ गतेसम्म तय गरिएको केन्द्रीय कमिटी बैठक एक महीनासम्मका लागि स्थगित गरिएको छ।
कोरोनाभाइरस संक्रमण महामारीका कारण बैठक स्थगित गरिएको नेकपा केन्द्रीय कार्यालयका सचिवद्वय श्रीराम ढकाल र ईश्वरी रिजालद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ।
बैठक आउँदो मंसीर १५ देखि १७ गते आयोजना हुने विज्ञप्तिमा उल्लेख छ।