संविधानसभा सदस्य चौधरीको कोरोना संक्रमणबाट निधन
संविधानसभा सदस्य तथा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का २ नम्बर प्रदेश कमिटी सदस्य मानपुर चौधरीको कोरोनाभाइरसको संक्रमणबाट निधन भएको छ ।
सप्तरीको कञ्चननरुप नगरपालिकाका ४ निवासी चौधरीको मंगलबार दिउँसो धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको हो।
कञ्चननरुप नगरपालिकाका मेयर वसन्तकुमार मिश्रका अनुसार, ५५ वर्षीय चौधरी मधुमेहका बिरामी थिए।
नेकपा अध्यक्ष पुष्पकमल दाहालले पनि उनको निधनमा दु:ख व्यक्त गरेका छन्।